काठमाण्डौ । नेपाल ल्युब आयलको सेयर रजिस्ट्रार (आरटीएस) मा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ।

कम्पनी सञ्चालक समितिको निर्णयअनुसार एनआईबिएल एस क्यापिटललाई आरटीएसमा नियुक्त गरेको छ। नियुक्ति जेठ २६ गते लागू भएको छ। 

आरटीएसमा नियुक्त भएसँगै एनआईबिएल एस क्यापिटलले अब नेपाल ल्युब आयलको सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।