काठमाण्डौ । नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। 

नेपाल बैंकले ‘१०.५०% नेपाल बैंक ऋणपत्र–२०८४’ निष्कासन गर्ने भएको छ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ जारी गर्नेछ। 

बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले १०.५० प्रतिशत ब्याज पाउनेछन्।

यसैबीच नेपाल बैंकले ऋणपत्र निष्कासन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

बिक्री प्रबन्धकसम्बन्धी सम्झौता नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्वीकृतिपश्चात निश्कासन गरिनेछ।

नेपाल बैंकले देशका ७ वटै प्रदेशमा आफ्नो शाखा विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।