काठमाण्डौ । नेपाल एसबिआई बैंक र होटेल बाराही हस्पिटालिटी एन्ड लिजरबीच छुट सम्झौता भएको छ।
एक कार्यक्रमबीच सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटेल बाराही हस्पिटालिटी एन्ड लिजरका रेजिडेन्ट म्यानेजर राजकुमार केसी हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका होटेल बाराही, बाराही जंगल लज तथा सारनकोट माउनटेन लजमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कान्तका साथै प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, व्यवसाय प्रवर्द्धन विभागका वरिष्ठ प्रबन्धक प्रविन मुनी बज्राचार्य तथा होटेल बाराहीकी सहायक प्रबन्धक केशरी लामाको उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19