 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ।
नेपाली बजारपुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल नेपालमै पहिलोपटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दीर्घकालीन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङमा समन्वय गर्ने उद्देश्यले स्थापित संस्था नेपाल वेयरहाउजिङ कम्पनीको जारी पुँजीको २० प्रतिशत बराबरले हुन आउने कुल १३ लाख ७५ हजार कित्ता आईपीओको बिक्री प्रबन्धकमा नियुक्त भएको हो। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा एक समारोहबीच हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्त र नेपाल वेयरहाउजिङ कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन्।
कृषि क्षेत्रको आधुनिकीकरणका निम्ति समयानुकूल कृषि उपज भण्डारण सेवा प्रदान गर्दै राष्ट्रको दीर्घकालीन खाद्य सुरक्षामा योगदान उद्देश्यसहित अग्रसर रहेको नेपाल वेयरहाउजिङ कम्पनीमा नेपालको औद्योगिकीकरण र व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आइरहेका प्रख्यात व्यावसायिक घरानाहरु र विभिन्न प्रतिष्ठित संगठित संस्थाहरुको लगानी रहेको छ।
कम्पनीले प्रदेश नं. १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिकटनका आधुनिक साइलोहरुमार्फत कृषकहरुलाई अन्न भण्डारणको सुविधा प्रदान गर्नेछ। यसका साथै कृषिजन्य उत्पादनहरुको लिलाम बढाबढ तथा वेयरहाउस रिसिप्ट फाइनान्सिङ गर्न आवश्यक पूर्वाधार तयार गरी बैंक तथा वित्तीय संस्थाको समन्वयमा धितो बन्धक व्यवस्थापनको कार्य गर्नेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19