काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आईपीओ निष्कासनको अनुमति मागेको हो। यसका लागि कम्पनीले सेबोनमा हिजो कात्तिक २ गते निवेदन दर्ता गराएको छ।
सेबोनले अनुमति दिएमा यो कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ।
अन्य समूहमा रहेको यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19