काठमाण्डौ । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौैस्थित पशुपति क्षेत्र विकास कोषलाई अटोमेटेड ब्रुमर प्रदान गरेको छ।
एक कार्यक्रमबीच नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले ब्रुमर प्रदान गरेकी हुन्।
कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, निर्देशक पिनाकीनाथ बेनर्जी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई भारतका उपमहाप्रबन्धक प्रिय रञ्जन, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, नयाँ व्यवसाय सल्लाहाकार छपिराज पन्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीको उपस्थितिमा कोषलाई उक्त ब्रुमर हस्तान्तरण गरिएको थियो।
यसका साथै पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डाँडामा बैंककी अध्यक्ष जयती बन्सलले वृक्षरोपण पनि गरेकी थिइन्।
बैंकले ९१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago