काठमाण्डौ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा सहकारी क्षेत्र पनि जोडिएको छ।
सहकारीको भुक्तानी कारोबारलाई डिजिटाइज गर्ने कार्यलाई सहजीकरण गराउने सहकार्यका लागि एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बीच सम्झौता भएको छ। काठमाण्डौको सोल्टी होटलमा जारी सीईओ वर्कसपमा दुई पक्षबीच सम्झौता भएको हो।
सम्झौतामा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन्।
सम्झौतासँगै नेफ्स्कूनले निमार्ण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरुले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर, बीमाको प्रमियम भुक्तानी, विभिन्न सरकारी भुक्तानी, फोन रिचार्ज, खानेपानी, बिजुली लगायतको युटिलिटी भुक्तानी गर्न सकिनेछ।
एनसीएचएलका सीईओ प्रधानले नेफ्स्कूनमार्फत सहकारी क्षेत्रमा प्रवेश गर्न पाउँदा खुसी लागेको बताए। प्रत्येक संस्थासँग एनसीएचएल जोडिन नसकिने र नेफ्स्कूनसँग जोडिएपछि समग्र बचत तथा ऋण सहकारी संस्थाले सेवा लिन सकिने बताए।
सम्झौताले बचत तथा ऋण सहकारी संस्थाहरुको डिजिटाईजमा कोशेढुंगा साबित हुने नेफ्स्कूनका सीईओ पोखरेलले बताए।
सीईओ वर्कसपमा प्रधानले ‘वित्तीय प्रविधिमा साकोसका सम्भावना र चुनौती’ विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुत गर्दै प्रधानले सहकारी संस्थाहरुले पुराना प्रविधिहरु नपछ्याएर नयाँ प्रोडक्ट दिन सक्नुपर्ने बताए। अनलाइनबाटै कर्जा प्रवाह गर्ने प्रविधिसमेत सहकारीले प्रयोग गर्नुपर्ने उनको भनाइ थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago