काठमाण्डौ । नेपाल एसबिआई बैंकले कमलादीस्थित बैंकको कर्पोरेट अफिस उद्घाटन गरेको छ। 

भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले कर्पोरेट अफिसको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा भारतीय स्टेट बैंक प्रमुख कार्यकारी अधिकृत (इन्टरनेसनल बैंकिङ ग्लोबल मार्केट्स एन्ड टेक्नोलोजी) चल्ला श्रीनिवाखुलु शेठ्ठी, नेपाल एसबिआई बैंककी अध्यक्ष श्रीमती जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, नेपाल एसबिआई बैंककी सञ्चालक अप्सरा उप्रेती, नेपाल एसबिआई बैंकका स्वतन्त्र सञ्चालक गोपालप्रसाद भट्ट, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरन्जन, प्रमुख सञ्चालन अधिकृत श्रीयादवेन्द्र कान्त, नयाँ व्यवसाय प्रवर्द्धन सल्लाहकार छपिराज पन्तका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकको उपस्थिति थियो ।

यसअघि आजको दिनमा नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौस्थित पशुपति क्षेत्र विकास कोषलाई हाई प्रेसर क्लिनर, वेट एन्ड ड्राई भ्याक्युम क्लिनर र १० इस्टबिन प्रदान गरेको छ। 

कार्यक्रममा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले उक्त सरसफाइ सामग्री प्रदान गरेका थिए। कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत (आईबीजी) चल्ला श्रीनिवासुलु शेठ्ठी, नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, एसबिआई बैंकका उपमहाप्रबन्धक प्रियरन्जन, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्रका साथै बैंक तथा कोषका विशिष्ट पदाधिकारीको उपस्थितिमा कोषलाई उक्त सरसफाइ सामग्री हस्तान्तरण गरिएको थियो। 

यसका साथै पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको कैलाश डाँडामा एसबिआई बैंकका अध्यक्ष दिनेश खारालगायतले वृक्षरोपण पनि गरेका थिए। 
बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १३० एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।