काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आउँदो जेठ ४ गतेदेखि ‘नेपाल चेम्बर एक्सपो–२०२३’ आयोजना गर्ने भएको छ।
काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा जेठ ८ गतेसम्म प्रदर्शनी चल्नेछ। विगतका राजनीतिक उपलब्धिहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मूख हुँदै गइरहेको परिपे्रक्षमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य देखिएको यो प्रदर्शनी आयोजना गर्न लागिएको चेम्बरले जनाएको छ।
देशको समग्र विकास, निजी क्षेत्रकोे सशक्तीकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिई आयोजना गर्न लागिएको प्रदर्शन निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो।
पछिल्ला पाँच संस्करणहरुको सफलतापूर्वक आयोजना गरिसकेपछि चेम्बरले मेलाको छैटौँ संस्करणमा व्यापारिक अन्तर्क्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ।
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी–व्यवसायीलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ।
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ। निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमीसमेत गर्ने उद्देश्य राखेको छ।
यस वर्ष पनि विगतमा झैँ मिनिस्ट्री अफ कमर्स एन्ड ईपीबी बंगलादेशको सहकार्यमा उद्योगी–व्यवसायीले सहभागिता जनाउने भएका छन्। एक्स्पोमा अटोमोबाइल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स,ि फ्लोरिङ एन्ड फर्निसिङ, होम अप्लाइन्स, फेसन वेयर एन्ड एसेसरिज, गार्मेन्ट एन्ड टेक्सटाइल, मोबाइल एन्ड ग्याजेट्स, एफएमसीजी, हाइड्रो, लजिस्ट्क्स, ह्यान्डिक्राफ्ट् एन्ड ह्यान्डलुम्स, सुज एन्ड लेटर आइटम्स, कस्मेटिक्स, फुड र डेरी प्रडक्ट्स आदि सामग्रीको प्रदर्शनीले आगन्तुकका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ।
यो मेलाको अफिसियल इन्स्योरेन्स प्रभु इन्स्योरेन्स रहेको छ भने इन्टरनेट पाटर्नरका रुपमा क्लासिक टेक प्रालि रहेको छ। यो एक्पोको सम्पूर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले लिएको छ।
मेलामा १५० भन्दा बढी स्टल रहनेछन्। जसमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी–व्यवसायीको सहभागिता रहनेछ। नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्री एक्स्पोमा रहनेछन् र धमाधम स्टलहरु बुकिङ भइरहने क्रम जारी छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago