काठमाण्डौ । नेपाल टेलिकमले आज (असार २९ गते)देखि लागू हुने गरी समर अफर उपलब्ध गराएको छ।
यसमा सेवाग्राहीको रुची र चाहनाबमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ। त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजीलगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ।
समर अफर अन्तर्गत उपलब्ध प्याकहरु
कर्पोरेट वर्गमा लोकप्रिय सीयूजी प्याकलाई थप आकर्षक बनाइएको छ। यसका साथै अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युजेज पोलिसी (एफयूपी)बमोजिम तोकिएको परिमाण उपभोगपछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको छ।
समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago