काठमाण्डौ । व्यक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपालले आफ्नो ब्रान्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको घोषणा गरेको छ। यो सहकार्यद्वारा युनिलिभर नेपालले नेपालभरि महिला फुटबलको विकासलाई बढावा दिँदै महिला सशक्तिकरण र लैंगिक समानताको आफ्नो प्रतिबद्धतामा अझ जोड दिएको छ। 

विभिन्न क्षेत्रहरुमा नेपाली महिलाहरुको योगदान बढ्दै गइरहेको वर्तमान परिपेक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय महिला फुटबल टोलीले पछिल्लो पुस्ताका महिला खेलाडीहरुमा बेग्लै छाप छोड्न सक्ने कुरालाई आत्मसात गर्दै युनिलिभर नेपालले खेलकुदमा महिलाको विकास र सशक्तिकरण र भविष्यमा पनि खेलकुदको क्षेत्रमा दिगो र सम्भावनाहरुका आधार तयार गर्न उल्लेखनीय योगदान पुर्याउन खोजेको छ। 

यस प्रायोजनमार्फत युनिलिभर नेपालले सबै पक्षमा महिला फुटबल टोलीलाई सहयोग र प्रवर्द्धन गर्न नजिकबाट काम गर्नेछ। यसका साथै उक्त टोली र महिला खेलाडीहरुको विकास र सफलतामा योगदान पुर्याउने एवं आगामी पुस्ताका महिला खेलाडीलाई प्रोत्साहित गर्दै भविष्यमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई अग्र स्थानमा पुर्याउने लक्ष्य लिएको छ। 

युनिलिभर नेपाल फुटबलमा मात्र नभई त्यसभन्दा बाहिर पनि सकरात्मक प्रभाव पार्न प्रतिबद्ध रहेको छ। युनिलिभर नेपालले आफ्ना विभिन्न परियोजना एवं सन्देशहरुमार्फत न्याय, समानता र सामाजिक कल्याणको सशक्तीकरणमा बलियो अडान लिने गरेको छ। 

यो कम्पनीका ब्राण्न्हरु लाइफब्वाय र डभले स्वच्छता, स्वास्थ्य, आत्म–सम्मानको प्रवर्द्धन गर्दै समाजद्वारा निर्धारित सौन्दर्य मापदण्डलाई चुनौती दिनेमा अग्रपंक्तिमा रहेका छन्। यी ब्रान्डप्रतिको विश्वासलाई सदुपयोग गरेर युनिलिभर नेपालले समुदायहरुलाई सशक्त बनाउन र महिला खेलाडीहरुका लागि दिगो परिवर्तन सिर्जना गर्न आफ्नो प्रयास जारी राख्नेछ। 

युनिलिभर नेपालको अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको साझेदारी नै युनिलिभर नेपालको नेपालमा सकारात्मक सामाजिक परिवर्तन र महिला सशक्तीकरणका लागि प्रतिबद्ध हुनुको सकारात्मक पक्ष हो। युनिलिभर नेपाल र एन्फा एकसाथ उभिनाले खेलकुदमा महिलाहरुका लागि भविष्य अझ उज्यालो बनाउने र महिला फुटबल खेलाडीहरुको पुस्तालाई प्रेरित गर्छ भन्ने मुख्य लक्ष्य लिएको छ।