काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीको करिब साढे १९ लाख कित्ता सेयर आज साउन ८ गतेबाट बिक्रीमा राखेको छ। 

कम्पनीले संस्थापक समूहको १९ लाख ४८ हजार ५३८ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १५ गतेसम्म पेस गरिसक्नुपर्नेछ।