काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको नेपाल इन्स्योरेन्स कम्पनीको करिब साढे १९ लाख कित्ता सेयरमा खरिद आवेदन दिने आज साउन १५ गते अन्तिम दिनर हेको छ।
गत साउन ८ गतेबाट कम्पनीले संस्थापक समूहको १९ लाख ४८ हजार ५३८ कित्ता सेयर बिक्रीमा राखेको छ। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
यो सेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्नुपर्नेछ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago