काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा १३ लाख बढी नाफा आर्जन गरेको छ। 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १३ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ८२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले २६ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा २८.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २० करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

कम्पनीको समीक्षा अवधिमा सञ्चालन मुनाफा १७७..०३ प्रतिशतले बढेर ७ करोड १५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ करोड ५८ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको रिनेन्ड अर्निङ ५० करोड ९५ लाख रुपैयाँले ऋणात्मक रहेको थियो। अघिल्लो वर्ष पनि रिनेन्ड अर्निङ ५१ करोड ८ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ०.१४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस १०.४६ रुपैयाँले ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ८८.५३ रुपैयाँ रहेको छ।