काठमाण्डौ । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीका तत्कालीन सीईओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।
कम्पनीले असोज २१ गते प्रकाशन गरेको सूचनाअनुसार योग्यता पुग्ने ईच्छुक व्यक्तिले २१ दिनभित्रमा दरखास्त दिन सक्नेछन् । सीईओमा आवेदन दिनका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने कम्पनीले बताएको छ।
त्यस्तै चार्टर्ड एकाउन्टेन्सी, वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथि कम्तीमा १० वर्षको कार्यानुभव हुनुपर्नेछ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19