काठमाण्डौ । नेपाली पुनर्बीमा कम्पनीको पौने २० लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। 

प्रुभ इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा संस्थापकतर्फ न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

खरिद आवेदन आउँदो कात्तिक २३ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।