काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ७.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

कम्पनीले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत(कर प्रयोजनार्थ) नगद लाभांश समेत गरेर ७.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

यसैगरी, कम्पनीले आगामी पुस १२ गते काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा साधारणसभा बोलाएको छ ।

सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर २५ गते एकदिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन पाउने छन् ।