काठमाण्डौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राष्ट्रसंघीय शान्ति मिसनमा थप अवसर पाउने भएका छन्।
राष्ट्रसंघले दुवै प्रहरीलाई एक–एकवटा फम्र्ड पुलिस युनिट (एफपियू) थप्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनसम्बन्धी हेर्ने ‘डिपार्टमेन्ट अफ पिस किपिङ अप्रेसन’का दुई उच्च अधिकारी नेपाल भ्रमणमा छन् ।
मिसन थप्ने प्रक्रियाअन्तर्गत निरीक्षणका लागि उनीहरू नेपाल आएका आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
टोलीले सोमबार सशस्त्र प्रहरी बल र मंगलबार नेपाल प्रहरीको निरीक्षण गरेको छ । एफपियू मिसनका लागि आवश्यक सवारीसाधनलगायत कम्तीमा एकतिहाइ बन्दोबस्तीका सामग्री तयार राख्न दुवै प्रहरीलाई राष्ट्रसंघले निर्देशन दिएको थियो । निरीक्षणमा आएका अधिकारीले दुवै प्रहरीको तयारीबाट सन्तुष्ट भएको बताएका छन् । यद्यपि उनीहरूले दिने प्रतिवेदनका आधारमा मात्र डिपार्टमेन्ट अफ पिस किपिङ अप्रेसनले निर्णय गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago