काठमाण्डौ । नेपाल ल्यूब आयल लिमीटेडले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

पुस १ गते दिउँसो ३ बजे बसेको सो कम्पनीको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) वितरणको घोषणा गरेको हो। 

बम्पर लाभांश घोषणासँगै कम्पनीले आफ्नो ३२ औं वार्षिक साधारणसभाको मिति समेत तय गरेको छ । जसअनुसार पुस २५ गते बिहान ११ः३० बजे ललितपुरस्थित याक प्यालेसमा साधारणसभा आह्वान गरिएको छ । 

साधारणसभा प्रयोजनका लागि पुस १० गतेदेखि २४ गतेसम्म बुक क्लोज हुने निर्णय समेत गरिएको छ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन र साधारणसभामा सहभागी हुनका लागि पुस ९ गतेभित्र यसको सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ ।