काठमाण्डौ ।नेपाल बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । 

 साथै कम्पनीले गत आवको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने  छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश  वितरण गरेको थियो ।