काठमाण्डौ । नेपाल सेयरधनी संघले वनभोज कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।

वनभोज कार्यक्रम शनिबार काठमाण्डौको नैकाप भिलेज रिसोर्टमा सम्पन्न भएको हो । उक्त वनभोज कार्यक्रममा ४० जना भन्दा बढी सहभागी भएका थिए । 

कार्यक्रममा उपस्थित सबैले सेयर बजारमा आफ्ना अनुभव र तीता–मीठा भोगाइ साटेका थिए ।

उक्त अवसरमा बोल्दै संघका अध्यक्ष घनश्याम पाण्डेले पूँजीबजारमा धैर्यता एकदमै आवश्यक पर्ने बताए । पूँजीबजारमा लामो समयदेखि आवद्ध रहेको बताउँदै यस क्षेत्रमा धैर्यता आबश्यक पर्ने धारणा पाण्डेको थियो । 

त्यस्तै उपाध्यक्ष कमलराज अधिकारीले पूँजीबजारमा अनुभव नै ठुलो कुरा रहेको बताए । हिड्ने मान्छे लड्छ भने झैँ पूँजीबजारमा पनि एकपटक नडुबी कसैले कमाउन नक्सने उनले बताए । आफ्नै अनुभवले एकपटक नोक्सानी व्यहोरेपछि मात्रै बजारबाट ज्ञान मिल्ने भएकोले लगानीकर्तालाई अहिलेको समयमा धैर्यता गर्न अधिकारीले सुझाव दिए । 

बजारमा सँधै कमाउने र गुमाउने अवसर रहने पनि सहभागीहरुले बताए । कार्यक्रमा उपस्थित अधिकांसले लगानीकर्ताहरुको एउटै महासंघ बनाउन समेत जोड दिए ।