काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक सेयरको हिस्सा १० प्रतिशतले घटाएको छ।
कम्पनीको १८ औं वार्षिक साधारणसभाबाट पारित भइसकेको संस्थापक सेयरको साबिकको सेयर अनुपातलाई १० प्रतिशत घटाउने बिषयलाई शनिवार बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो ।
यो निर्णयसँगै अब नेपाल लाइफ इन्स्योरेन्समा संस्थापक सेयरधनीको स्वामित्व अनुपात ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम भएको छ । ययसअघि स्थापक तर्फको ७० प्रतिशत र सर्वसाधारणतर्फको ३० प्रतिशत सेयर अनुपात रहेको थियो ।
कम्पनीको बोर्ड बैठकले साउन २५ गतेसम्म कायम संस्थापक शेयरधनीको समानुपातिक रुपमा १० प्रतिशत हिस्सा सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय गरेको हो।
अब कम्पनीको ४३ करोड ९६ लाख रुपैयाँको संस्थापक सेयर सर्वसाधारणतर्फ कारोबार हुनेछ। संस्थाको हालको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।
अब यो कम्पनीमा कुल सेयर कित्तामध्ये ६० प्रतिशतले हुन आउने २ अर्ब ६३ करोड रुपैयाँ संस्थापक र ४० प्रतिशतले हुन आउने एक अर्ब ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा कायम हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19