काठमाण्डौ । नेपालको सबैभन्दा पुरानो ग्यास कम्पनी नेपाल ग्यास उद्योगले नयाँप्रविधिको कम्पोजिट सिलिण्डर बजारमा ल्याएको छ।
होटल राडिसनमा आयोजना गरिएको समारोहबीच उक्त सिलिण्डरको विक्री प्रवद्र्धन समुद्घाटन उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले गरे ।
नयाँ कम्पोजिट सिलिण्डरको विशेषता पूर्ण–सुरक्षित र विस्फोटन नहुने रहेको छ । यसलाई आगोले विष्फोट गर्न सक्दैन, त्यसैले उपभोक्ताहरुले आफू पूर्ण सुरक्षित भएको विश्वास गर्न सक्दछन् । हरेक कम्पोजिट सिलिण्डरलाई प्रयोगशालामा परीक्षण गरिएको हुन्छ। यो सिलिण्डर पारदर्शी भएकोले उपभोक्ताहरुले सिलिण्डरमा ग्यासको लेभल सजिलै जाच्न सक्दछन् । अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त मानिएको छ । यस सिलिण्डर फाइबरले बनेको हुनाले बोक्दा हलुका हुनेछ । यसमा ग्यास चुहावट पत्ता लगाउने, भल्भ निभाउने र सुरक्षित राख्ने प्रविधि जडित छ । हाल विक्री वितरणका लागि कम्पोजिट सिलिण्डर १४.२ के.जी र ५ के.जीमा उपलब्ध छ ।
नेपाल ग्यास उद्योग नेपालको ग्यास व्यवसायमा अग्रणी संस्था हो र यसको स्थापना वि.सं. २०२६ मा गरिएको थियो । नेपाल ग्यास उद्योगले गुणस्तरको लागि आइएस आई स्टाण्डर्ड लिएको र भारतको एक्सप्लोसिभ विभागबाट निर्धारित गुणस्तरमा चलेको छ ।
बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यास उद्योग पूर्ण स्वचालित छ जसमा अटोमेटिक वोटलिङ्ग प्लान्ट , परीक्षण स्थल छन भने विज्ञ प्राविधिक जनशक्तिले यसको सञ्चालन गरेका छन् । यस उद्योगको प्रत्येक सिफ्टमा १२,००० सिलिण्डर उत्पादन गर्नेे र उपभोक्ताको माग अनुसार १००० मेट्रिक टन सम्मको भण्डार गर्ने क्षमता रहेको छ । हाल यसका २६० भन्दा बढी डिलरहरुले काठमाडौँ उपत्यका ग्राहकहरुलाई सेवा पु¥याई रहेका छन् भने उपत्यका बाहिर २०० भन्दा बढी डिलरहरु रहेका छन् ।
समारोहको प्रारम्भमा नेपाल ग्यास उद्योगका अध्यक्ष गुणचन्द्र विष्ट (स्वामी कृष्णानन्द भारती)ले स्वागत अभिवादनका साथै स्ांस्थाको बारेमा संक्षिप्त जानकारी गराएका थिए।
यसै समारोहबीच नेपाल ग्यास उद्योगले आफ्नो मोवाइल एप र नायिका केकी अधिकारीलाई ब्राण्ड एम्वेसेडर घोषणा गरेको छ ।
नेपाल ग्यास उद्योगका कार्यकारी निर्देशक–गोकुल भण्डारीले आफ्नो संस्थाले पूर्ण गुण्स्तरीय सिलिण्डर उपलब्ध गराउँदै आएकोमा कम्पोजिट सिलिण्डर अझ भरपर्दो हुने दाबी गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19