काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन गर्ने कार्यतालिकाको दुई दिनअघि सेयर लगानीकर्ता दवाब समूहले नेप्सेले जारी गरेका केही बुँदा र पूर्वतयारीप्रति संशय व्यक्त गरेको छ ।
उसले चारवटा बैंकहरुलाई मात्र बैंक इन्टीग्रेसनमा आबद्ध गरिएकोमा समेत प्रश्न उठाएको छ ।
समूहका अध्यक्ष हरि ढकाल र महासचिव नयन बास्तोलाले जारी गरेको विज्ञप्तिमा 'नेपाल स्टक एक्सचेन्जले पूर्ण अनलाईन कारोबार प्रणाली लागू हुने म्याद पुस १७ गते अर्थात जनवरी १ घोषणा गरेकोमा त्यसको तीन दिनअघि लगानीकर्ताले चार वटा क्लियरिङ बैंकमा खोलेको खाता मात्रै अनलाईनका लागि मान्य हुने, बैंक खाता कारोबार खातामा आबद्ध भए पनि शेयर दलाललाई अग्रिम रकम बुझाई लिमिट लिनुपर्ने र त्यसरी लिएको लिमिट शेयर दलालले जतिखेर पनि रद्ध गर्न पाउने, एउटा कारोबार खातामा एउटा मात्र हितग्राही खाता आबद्ध हुने, बैंकको धितोमा रहेको वा रोक्का रहेको शेयर अनलाईनबाट बिक्री गर्न नपाउने जस्ता सूचना जारी गरेको' भन्दै सशंय व्यक्त गरेको छ ।
'अरु बैंकमा खाता खोलेर ब्रोकरको कार्यालयमा ग्राहक पहिचान विवरणमा अद्यावधिक गरिएको बैंक खाता अनलाईनमा किन आबद्ध हुन सकेन र लगानीकर्तालाई नचाहिँदो दुख दिईयो भन्ने बारेमा नेप्सेले स्पष्ट नपार्नुले अनलाईन कारोबार प्रणालीको सफल कार्यान्वयनमा आशंका गर्नुपर्ने अवस्था छ ।'- विज्ञप्तिमा भनिएको छ ।
यस समूहले नेप्से, शेयर दलाल, सीडीएससी, क्लियरिङ बैंकहरु र नेपाल क्लियरिङ हाउसलाई एकै ठाउँमा भेला गराई पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमा फैलिएको अन्योल चिर्ने प्रयास गर्दा सम्बन्धित पक्षहरुको अनिच्छा व्यक्त गरेका भन्दै समूहले आपत्ति जनाएको छ ।
पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनको क्रममा प्रणालीको कमजोरी वा अन्य कारणले आम लगानीकर्ताको लगानी सुरक्षामा धक्का लाग्नसक्नेमा शंका व्यक्त गर्दै सम्बन्धित अधिकारीहरुलाई जिम्मेवार बनाउन र प्रणालीको विश्वसनीयता यकिन गर्न अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19