-भक्तराज रसाइली
काठमाण्डौ । नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन सेयर कारोबार प्रणालीको विषयमा छानबिन गर्न धितोपत्र बोर्डबाट गठित समितिले सो प्रणालीमा गम्भीर त्रुटि रहेको र चरम लापरबाहीले हद नाघेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।
छानबिन समितिमा एक सदस्यका अनुसार प्रारम्भिक निश्कर्ष अनुसार नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली गुणस्तरहीन भएको र विश्वस्तरको भनी गरिएको दाबी समेत निराधार रहेको देखिएको छ । समितिले घुमाउरो रुपमा नेप्सेको अनलाइन कारोबार प्रणालीमै राम्रै चलखेल भएको र यसमा गम्भीर छानबिन हुनुपर्ने संकेत समेत गरेको छ ।
गत कात्तिक २० गतेयता अनलाइन ट्रेडिङमा लगानीकर्ता, सेयर ब्रोकर तथा मिडियाहरुमार्फत आएको गुनासा तथा समाचार मुताबिक नेप्सेको नट्स अन्तर्राष्ट्रिय स्तरको भएको नभएको वा आइएसओ गुणस्तरको मापदण्डअनुसार छ कि छैन भन्ने कुरा बुझ्न बोर्डले गोप्य रुपमा एक समिति नै बनाई अनुसन्धान थालेको थियो ।
बोर्डस्थित उच्च स्रोतअनुसार अनुसन्धानको प्रतिवेदनलाई ३ ४ दिनभित्रै अन्तिम रुप दिइनेछ ।
बोर्डका एक फस्ट क्लास अफिसरको संयोजकत्वमा ५ सदस्यीय टोलीले निकै दिन लगाएर नेप्सेको अनलाइन कारोबार प्रणालीको विषयमा मिहीन अध्ययन गरेको हो ।
यो समितिले पूँजीबजारसँग सम्बद्ध विभिन्न पक्षसँग गोप्य रुपमा भेटेर अनलाइन कारोबार प्रणाली र त्यसको प्रदर्शनको विषयमा धारणा लिएको थियो । समितिले केही संचारकर्मीसँग समेत अनलाइन प्रणालीको विषयमा फिडब्याक लिएको थियो । यस्तै, आइटी विज्ञ समेत समितिले गम्भीर परामर्श गरेको बताइएको छ ।
स्रोतले बजार संचालक नेप्सेको लापरबाही र हेल्चेक्य्राईको विषयमा दैनिकजसो लगानीकर्ताहरुले गुनासा गरेपछि र यसैका कारण बजारप्रति विश्वासको संकट समेत देखिन थालेकोले छानबिन थाल्नुपरेको दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली आउने र यसको कार्यान्वयनपछि नेपालको पूँजीबजारले समेत विदेशमा झै फड्को मार्ने धेरैको विश्लेषण थियो । तर, त्यसको ठीक विपरीत अनलाइन कार्यान्वयनमा आएपछि भद्रगोलको अवस्था सिर्जना भएको र यसले बजारमा नकारात्मक प्रभाव पारेपछि नियामक बोर्ड तातेको देखिन्छ ।
पछिल्लो समयमा ब्रोकरहरु समेत अनलाइनको वितण्डा र भद्रगोलकै कारण आजित भइसकेका छन् । फ्लोरसिटमा देखिएको समस्या त छँदैछ कुनै कुनै बेला खरिदबिक्रीको अत्यधिक चाप हुँदा १२ लाख बढी लगानीकर्ताको लोड थाम्नसक्ने भनिएको अनलाइन प्रणाली नै क्र्यास हुने अवस्था छ ।
बोर्डका उच्च अधिकारी समेत नेप्सेको अनलाइन प्रणाली अचाक्ली खर्चिलो रहेको र त्रुटिपूर्ण भएको भन्दै चिढिएको अवस्था छ ।
ब्रोकर हाउसमा अनलाइनको विषयमा कुरा बुझ्न जाँदायो स्वचालित अनलाइन नै नभएको र नेप्सेले दुनियाँ बेवकुफ बनाइरहेको आरोप सुनिन्छ।
'सेयर किनबेच गरेको पैसा लिन अहिलेसम्म ब्रोकर कार्यालय धाउनुपर्ने हुन्छ, अनि कसरी भयो स्वचालित अनलाइन ?'-एक लगानीकर्ताले बिजशालासँग प्रश्न गरे । अधिकांश लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणाली ल्याउने नाममा ठूलो भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरिरहेका छन् । तर, छानबिनको आवाज कसैले सुनेको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago