काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको पुरानो मोवाइल एप्लीकेसन नचल्ने भएको छ ।
नेप्सेको एन्ड्रोइड एप नयाँ डोमेनसहित लञ्च गरिएको उल्लेख गर्दै पुरानो एप नचल्ने भएको हो ।
नेप्सेले एक सूचना प्रकाशित गर्दै नयाँ मोवाइल एप डाउनलोडन लगानीकर्तालाई आग्रह गरेको छ ।
नेप्सेको मोवाइल एपको पुरानो भर्जन आजैदेखि नचल्ने नेप्सेले प्रष्ट पारेको छ । नेप्सेले प्रयोगकर्ताहरुलाई एन्ड्रोइड मोवाइल एप्सको नयाँ भर्जन डाउनलोड गर्न आग्रह गरेको छ।
प्लेस्टोरमा गएर नयाँ एप डाउनलोड गर्न सकिनेछ । आइओएस एप्पल प्रयोगकर्ताका लागि भने अहिले नै नयाँ भर्जनको बैंक उपलब्ध छैन । केही दिनपछि आइओएस प्रयोगकर्ताका लागि पनि एप आउने नेप्सेको प्रष्टोक्ति छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19