-भक्तराज रसाइली 
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले आइटी पोलीसीमार्फत नेप्सेको एपीआईमा शुल्क लिइन लागेको जानकारी दिएको  छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले  अन्तिम रूप दिंदै गरिएको आइटी पोलीसीको ड्राफ्टमा नेप्सेको एपीआईको दुरूपयोग रोक्न र भाइरस लगायतका अन्य दुर्घटना घटाउने हेतूले निर्माण गरिएको जानकारी दिंदै सो ड्राफ्ट संचालक समितिमा प्रस्ताव गरी लागू गरिने  योजना रहेको खुलाए । 

साउदका अनुसार अबदेखि नेप्सेको  एपीआई प्रयोग गर्ने रिसर्चर, मिडिया, ब्रोकर लगायतका सबैलाई शुल्क लिइनेछ । 

यसबाट नेप्सेको आम्दानी समेत बढ्ने देखिएकाले समेत नेप्सेको एपीआई प्रयोगकर्तालाई निश्चित शूल्क लिईन लागिएको उनको भनाई छ ।

नेप्सेको एपीआई बारेमा बिजशालाको जिज्ञासामा २ थरी डाटा हुने जानकारी दिंदै साउदले भने–‘एउटा रियल टाइम डाटा हुन्छ र अर्को हिस्टोरिकल डाटा हुन्छ ।’ 

यसअघि नेप्सेले मिडिया, रिसर्चर लगायतलाई निशुल्क एपीआई दिंदै आएको थियो । एपीआई लिनेको संख्या बढेसँगै नीति नै बनाएर यो सेवालाई सशुल्क गर्न लागिएको हो ।