-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयर पोर्टलको सिस्टम डाउन भएको छ ।
सिडिएससीका सीइओ देव प्रकाश गुप्तालाई यस विषयमा बुझ्दा उनले अनभिज्ञता प्रकट गरे ।
सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले कार्यालयमा सिस्टम चलिरहेको र आफूले नियमन गर्दा कुनै समस्या नदेखिएको जिकिर गरे ।
पछिल्लो समय सिडिएससीको मेरो सेयर पोर्टलमा बारम्बार समस्या आइरहेको छ । आज आइतबार समेत लगानीकर्ताहरुले मेरो सेयर सुविधाबाट बञ्चित भइ रहेको जानकारीमा आएको छ ।
नेप्सेको अनलाइन सिस्टममा देखिएका समस्याहरु निराकरण हुँदै जाँदा सिडिएससीको भने पटक–पटक सिस्टम नचल्ने समस्या आउन थालेको छ । यसबाट लगानीकर्ता मर्माहत भएका छन् ।
आइतबार स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ नतिजा धेरै लगानीकर्ताले मेरो सेयरबाट हेर्न खोजे, तर अधिकांशले सिस्टम नचलेको र डाउनलोड भएको बताइरहेका छन्। लगानीकर्ताले समस्या भोगिरहे पनि यस विषयमा सिडिएससीले स्पष्ट जानकारी नदिनू र समस्या नै छैन भन्नुले थप अन्यौलको अवस्था सिर्जना गरेकोछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19