काठमाण्डौ । ‘विश्वस्तरीय’ भनिएको नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को साइटमा समस्या देखिएको छ । 

लामो समयसम्म निकै राम्रो ढंगले चलेको साइटमा कारोबार सुरु भएको एकघण्टा हुन लाग्दादेखि समस्या देखिन थालेको हो । 

अहिले नेप्सेको साइटमा डिस्प्लेमा समस्या देखिएको छ । नियमित साइटबाट कारोबारको अवस्थाको विषय डिस्प्ले नहुँदा लगानीकर्ता बजारको अवस्था थाहा पाउनबाट बञ्चित भएका छन् । 

बिहीबारको समस्या नेप्सेको साइटमा रियल टाइम डेटा डिस्प्ले नहुने समस्या मात्र रहेको देखिएको छ । 

एक ब्रोकरका अनुसार टिएमएसमा कुनै समस्या छैन, लगानीकर्ताहरुले कारोबार गरिरहेकै छन् । डिस्प्लेमा मात्र समस्या देखिएको हो । ती ब्रोकरले भने । 

नेप्सेले केहीबेरअघिदेखि साइट मर्मत भइरहेको सूचना हालेको छ । 

नेप्सेको आइटी विभागका एक कर्मचारीका अनुसार डिस्प्लेमा सामान्य समस्या देखिएको र समाधानको प्रयास भइरहेको छ ।