काठमाण्डौ । साताको सुरुआती कारोबार दिनदेखिको बजारको करेक्सन अन्तिम दिन पनि निरन्तर रह्यो ।
केही दिनसम्म बढेको बजारमा प्रफिट बुक गर्नेहरुको संख्या बढेसँगै यो साता दैनिकजसो नेप्से परिसूचकमा गिरावट आयो । तर अघिल्लो साता देखिएको बजार बढोत्तरीको तुलनामा यो साताको गिरावट नगण्य छ । यसले लगानीकर्ताको बलियो बन्दै गएको मनोबलमा खासै ठूलो गिरावट आएको छैन भन्ने देखिन्छ ।
विश्लेषकहरुका अनुसार यो साता प्रत्येक दिन झिनो अंकले मात्र बजार घटेका कारण आगामी दिनमा बजारमा पुनः बुलिस ट्रेन्ड सुरु हुन सक्नेछ । बजारका ठूला तथा संस्थागत लगानीकर्ताको गतिविधिसमेत देखिन थालेकोले यसले भविष्यको बजारमा राम्रै टेवा पुग्न सक्ने विश्लेषण गरिएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.४२ अंक घटेर ११ सय ४९.६४ को विन्दुमा सीमित हुन पुगेको छ ।
कारोबार रकम ४२ करोडको हाराहारीमा रहेको छ ।
यो दिन नेप्सेमा रहेका १२ उपसमूहमध्ये ६ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आजको दिन उत्पादन तथा प्रशोधन र होटेल्स समूह चम्किए । दुवैमा क्रमशः ३९.८६ र १५.१९ अंकको बढोत्तरी आयो । त्यस्तै व्यापार, जलविद्युत, वित्त र म्युचुअल फन्डमा पनि क्रमशः ५.७७, १.६८, ५.१ र ०.०५ अंकको बढोत्तरी भयो ।
यस दिन सबैभन्दा बढी जीवन बिमा र निर्जीवन बिमा समूहमा गिरावट आयो। यी दुवै समूहमा क्रमशः ४२ र ३६.२२ अंकको गिरावट देखियो । यस दिन बैंकिङ, विकास बैंक, अन्य र लघुवित्त क्रमशः १.९४, ७.५४, ५.०२ र ५.०७ अंकको गिरावट आयो ।
सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन नेप्सेमा सूचीकृतमधये १७२ कम्पनीका १२ लाख ८९ हजार १३४ कित्ता सेयर ४१ करोड ९० लाख ८८ हजार १३३ रुपैयाँमा कारोबार भयो।
आजको दिन एनएमबी बैंकले १२ करोड ३१ लाख रुपैयाँबराबरको उच्च कारोबार गर्यो । त्यस्तै प्राइम कमर्सियल बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र नबिल बैंकले क्रमशः ३ करोड ८ लाख, १ करोड ८७ लाख, १ करोड ७६ लाख, १ करोड २३ लाख र १ करोड १२ लाख रुपैयाँबराबरको कारोबार गरे ।
यसैगरी प्राइम कमर्सियल बैंकको संस्थापक सेयर, एनआईसी एसिया बैंक, एभरेस्ट बैंक र डिप्रोक्स लघुवित्तले पनि क्रमशः ९७ लाख ११ हजार, ९६ लाख ९४ हजार, ८७ लाख १० हजार र ७५ लाख ७१ हजार रुपैयाँबराबरको कारोबार गर्न सफल भए ।
धेरै कमाउने र गुमाउने
आजको दिन पनि नेपाल फाइनान्स लिमिटेडका सेयरधनीहरु धेरै कमाए । यो कम्पनीको सेयरमूल्यमा करिब १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । त्यस्तै शिवम सिमेन्ट, महुली सामुदायिक लघुवित्त र विशाल बजार कम्पनीका सेयरमूल्यमा पनि ५ प्रतिशतभन्दा माथिले बढोत्तरी भयो ।
यस दिन दिव्यश्वरी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ७ प्रतिशतले गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago