काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये १२ वटा वाणिज्य बैंकहरु ‘ए’ वर्गमा पर्न सफल भएका छन् ।
नेप्सेले प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्ने गर्छ । जसअनुसार नेप्सेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वर्गीकरणमा १२ वटा वाणिज्य बैंकहरु ‘ए’ वर्गमा पर्न सफल भएका हुन् । ‘ए’ वर्गमा पर्न सफल वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, ग्लोबल आईएमई बैंक, कुमार बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
यसैगरी नेप्सेले ३२ वटा कम्पनीहरुलाई ‘जी’ वर्गमा पारेको छ । जसमा १६ वटा लघुवित्त र १५ वटा जलविद्युत् कम्पनीहरु परेका छन्। शिवम् सिमेन्टलाई पनि नेप्सेले ‘जी’ वर्गमा पारेको छ ।
बाँकी सूचीकृत कम्पनी ‘जेड’ वर्गमा परेका छन् । तीमध्ये कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, सिभिल बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक र सनराइज बैंक पनि यही वर्गमा परेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19