काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को लापरबाही र अकर्मण्यताले बजार लगातार दैनिक नेगेटिभ सर्किट लागी बन्द भइरहेको रहस्योद्घाटन भएको छ ।
नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, स्टक ब्रोकर, डीपीलगायतका सर्वपक्षीय बैठकद्वारा धितोपत्र बजार खुुल्नुुअघि अफलाइन कारोबारको पनि डिम्याट इन्टीग्रेसन गर्ने सहमति भएको थियो । तर, नेप्सेले अफलाइन कारोबारको हाल ट्रयाक गर्न सकिरहेको छैन । यही कारण बजारमा दैनिक प्यानिक अवस्था सिर्जना भइरहेको स्रोतहरु बताउँछन् ।
अनलाइन र अफलाइन कारोबारमा नेप्सेले ट्रयाक गर्ने सिस्टम नबनाउँदा अहिले अफलाइनका कारोबार माग र आपूूर्तिबीच भयङ्कर ठूूलो खाडल आई मागभन्दा आपूूर्ति अत्यधिक बढेको स्रोतको दाबी छ।
हामीले बजार सञ्चालनका क्रममा हेर्यौं भने पनि मार्केट डेप्थबाट पत्ता लगाउन सकिन्छ कि टाठाबाठाले चलखेलका लागि आफूूसँग नभएका सेयरसमेत बिक्रीका लागि आपूूर्तिको थुुप्रो लगाइदिइरहेका हुुन्छन् । हुुन त यसअघि डिम्याट इन्टीग्रेसनअघि बजारमा टाठाबाठा लगानीकर्ताले फेक माग र आपूूर्ति सिर्जना गरिरहेका नै थिए । अहिले भने अफलाइन कारोबारीलाई यो छुुट निरन्तर रहेकाले समेत आपूूर्ति बढाई सेयर सस्तोमा झार्ने नियतवस यस्तो क्रियाकलापलाई बढावा दिन थालिएको छ ।
नेप्सेले डिम्याट इन्टीग्रेसनमा अफलाइन कारोबारलाई चाहिँ बेवास्ता गर्दा माग र आपूूर्तिमा गम्भीर असर पर्ने तथा चलखेलले निरन्तरता पाउने विषयलाई नजरअन्दाज गर्दासमेत बजारमा गम्भीर प्रभाव परिरहेको जानकार बताउँछन् ।
सेयर कारोबारलाई डिजिटाइज्ड गर्ने प्रयास राम्रो रहे पनि सानातिना लुपहोल राखिदिएर नेप्सेले नै बजारमा चलखेल गर्नेलाई सजिलो बनाइदिएको हो कि भन्ने आशंका समेत हुन थालेको छ । यो विषयमा नेप्सेका कुनै पनि अधिकारीले मुख खोल्न चाहेका छैनन् ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago