काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले तयार गरेको आइटी पोलिसी नेपाल धितोपत्र बोर्डले पास गरेको छ ।
'नेप्सेद्वारा बनाइएको आइटी पोलिसी हामीले ३ ४ दिन अगावै पास गरेर पठाइसकेका छौं ।' बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिजशालासँग भने-'अब नेप्सेले आइटी पोलिसीमार्फत ब्रोकरहरुलाई एपीआई दिएर टीएमएस(टेडिङ मेनेजमेन्ट सिस्टम) बनाउन पाउनेछन् ।'
एपीआई दिनुअघि भने बोर्डबाट अप्रूभ गराउनुपर्ने उनको भनाइ छ ।
नेप्सेका सीइओ चन्द्रसिंह साउदले आइटी पोलिसी पास भएर आइसकेपछि ब्रोकरलाई एपीआई दिने तयारी भइरहेको बताएका छन् । अब ब्रोकरले आफ्नै टीएमएस बनाउनसक्ने, तर टीएमएसको मोडलमा भने नेप्सेको न्यूनतम मापदण्डअनुसार बनाइनुपर्ने साउद बताउँछन् ।
नेप्सेले बनाएको आइटी पोलिसीमार्फत् एपीआई वितरण गर्दा निश्चित शुल्कसमेत असुल गर्ने बताइएको छ भने मिडिया तथा रिसर्चरहरुले नेप्सेको एपीआई प्रयोग गर्दा अब उप्रान्त शुल्क तिर्नुपर्ने बताइएको छ । शुल्क निर्धारणका विषयमा भने नेप्सेले छलफल गरिरहेको जनाएको छ ।
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट नेप्सेले एपीआई दिनेबित्तिकै ब्रोकरले आफ्नो छुट्टै टीएमएस बनाउने जिकिर गरे । एशोसिएसनमार्फत् सबै ब्रोकरहरुलाई टीएमएस अब आफैं बनाउन जोड दिएको उनले दाबी समेत गरे ।
हाल अनलाइनमार्फत सेयर कारोबार गर्ने लगानीकर्ताको संख्यामा भारी वृद्धि भइरहेको छ भने दोस्रो बजारमा लगानीकर्ताको नयाँ प्रवेशले टीएमएस र सर्भरको भार क्षमतासमेत कमजोर हुँदै जाँदा लगानीकर्ताहरुले समयमा सेयर खरिदबिक्री गर्ने अवसरबाट बञ्चित हुनुु परिरहेको गुनासो व्यापक आउन थालेको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago