काठमाण्डौ । अब नेप्सेको फ्लोरसिटमा सेयर खरिदबिक्री गर्ने स्टक ब्रोकर(धितोपत्र दलाल व्यवसायी) हटाइने भएको छ ।
नेप्सेले धितोपत्रको दोस्रो बजारमा अब रियल टाइममा नै सेयर किनबेच गर्ने ब्रोकरको विवरण नदेखाउने भएको हो ।
निकट समयमा नै धितोपत्रको दोस्रो बजारमा नागरिक स्टक डिलरले सेयर खरिदबिक्री गर्ने तयारी भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुको खरिदबिक्रीको विवरणको गोपनीयता कायम गर्नका लागि फ्लोरसिटको विवरण पूर्ण रुपमा हटाइन लागिएको नेप्सेका एक अधिकारीले जानकारी दिएका छन् ।
'सेयर खरिदबिक्रीको विवरण भने हेर्ने व्यवस्था यथावत नै हुन्छ, तर कुन ब्रोकरबाट किनबेच भयो भन्ने चाहिँ हटाउने तयारी हो ।' ती अधिकारीले बिजशालासँग भने-'धितोपत्र किनबेच गर्ने ब्रोकर नम्बर हटाउन लागेका हौं ।'
पहिले पनि एक समय फ्लोरसिटमा ब्रोकर नम्बर हटाउने प्रयास भएको थियो तर तीव्र विरोध भएपछि सो व्यवस्था हालसम्म कायम रहेको उनले बताए ।
'नेप्सेको मार्केट डेप्थ हेर्ने व्यवस्था भने यथावत नै हुनेछ ।'-ती अधिकारीले थपे ।
पछिल्लो समय स्टक ब्रोकरहरु समेत आफ्नो कम्पनीको गोपनीयता भंग भयो भन्दै ब्रोकरहरुसमेत फ्लोरसिटमा ब्रोकर नम्बर देखिन नहुने तर्क गरिरहेका छन् ।
यता आम लगानीकर्ताहरु भने नेप्सेको फ्लोरसिटमा ब्रोकर नम्बर उल्लेख हुँदा बजार पारदर्शी भएको र लगानी रणनीति बनाउनसमेत सघाउ पुगिरहेको दाबी गरिरहेका छन् ।
रियल टाइममा नै धितोपत्रको दोस्रो बजारमा सेयर किनबेच भएको जानकारी नेप्सेको फ्लोरसिटमा उपलब्धताले बजारको विश्लेषण गर्न र कुनै कम्पनीमा सेयर कर्नरिङ भइरहेको सूचना पाउन समेत केही हदसम्म सहयोग मिलिरहेको विश्लेषकहरु जिकिर गर्छन् ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago