वेब तस्विर
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीलाई विस्थापन गरी अर्को विकल्प खोज्ने भएको छ।
सेयर कारोबारमा भइरहेको कठिनाइ, टिएमएस लगायतमा बारम्बार आइरहेको समस्याको दीर्घकालीन समाधान खोज्नका लागि अर्को विकल्पमा जान लागिएको आज शुक्रबार एक टेलिभिजन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले खुलासा गरेका हुन् ।
'हाल नेप्सेको अनलाइन कारोबार प्रणालीमा विश्वस्त हुने अवस्था छैन । सिस्टम अडिट गराउन नेप्सेलाई ५ ६ महिनाअघि निर्देशन गरेको अटेरी गर्छ',उनले भने-'नेप्सेको नट्स र टीएमएस दुवैमा समस्या छ । प्राइमरी र सेकेण्डरी दुवै म्याचिङमा समाधानका लागि अनि लगानीकर्तालाई आश्वस्त पार्नसमेत अर्को विकल्पमा नगई हुँदैन ।'
नेप्सेको सिस्टमले हाल प्रतिसेकेण्ड २० हजार अर्डर मात्र लिनसक्ने उल्लेख गर्दै धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले केही समयअघि प्रतिसेकेण्ड ८० हजार अर्डर अनलाइनबाट सेयर किनबेच गर्दा सिस्टममा क्यू लागेको र डेटा म्याचिङ नहुँदा बारम्बार समस्या आएको बताए ।
हाल नेप्सेको सिस्टमले राम्रोसँग काम नगरिरहेको जिकिर गर्दै उनले धितोपत्र बोर्डले अब हस्तक्षेप गरी अर्को विकल्पमा जानुको विकल्प नरहेको बताए ।
नियामकको कार्यकारीले नै अनलाइन कारोबार प्रणालीको विश्वसनीयतामाथि प्रश्न उठाएपछि २० करोड बढी खर्च गरेर ल्याइएको प्रणालीको औचित्यमाथि प्रश्न उब्जिएको छ । बोर्ड अध्यक्ष ढुंगानाको नेप्से नेतृत्वको कमजोरीप्रतिको सार्वजनिक आलोचनाले विगत लामो समयदेखि नेप्से र सबोनबीच चलिआएको जुँगाको लडाईको पुनरावृति हुने संभावना समेत देखिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago