काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा आइतबार धितोपत्रको दोस्रो बजारको कुल बजार पूँजीकरणमा नयाँ रेकर्ड बनेको छ ।
साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्सेमा कुल बजार पूँजीकरण हालसम्मकै बढी २० खर्ब ९४ अर्ब १९ करोड बढी भएको नेप्सेले जनाएको छ ।
यसअघि बिहीबार नेप्सेको कुल बजार पूँजीकरण २० खर्ब ९० अर्ब २० करोड रुपैयाँ भएको थियो ।
नेप्से परिसूचक अलटाइम हाइ १८८१ अंक पुग्दा पनि बजार पूँजीकरण २० खर्ब ७० अर्ब मात्र पुगेको थियो भने सन् २०२० को फेब्रुअरी २७ मा नेप्से परिसूचक १६३२.१७ रहँदा बजार पुँजीकरण २० खर्ब ८३ अर्ब रुपैयाँ पुगेको थियो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago