काठमाण्डौ । सेयर बजारको आकार साढे २२ खर्ब रुपैयाँ पुगेको छ ।
आज मंगलबार नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण २२ खर्ब ४९ अर्ब ५५ करोड ९८ लाख रुपैयाँभन्दा बढी पुगेको हो ।
गत कात्तिक ६ गते बजार पूँजीकरण २१ खर्ब ४६ अर्ब रुपैयाँ थियो । नेप्से परिसूचकले उकालो गति लिएसँगै कुल बजार पुँजीकरणले नयाँ रेकर्ड बनाउँदै आएको छ ।
आज नेप्से परिसूचकमा २५.९८ अंकको वृद्धिसँगै परिसूचक १६७८.७९ अंक उक्लियो ।
यसैबीच आज बजारमा ४ अर्ब रुपैयाँ बढी सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago