काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन्।
अर्थ मन्त्रालयको असार १४ गतेको निर्णयअनुसार मैनाली नेप्सेको सञ्चालक तथा अध्यक्षमा नियुक्त भएका हुन्। मैनाली अर्थ मन्त्रालयका सहसचिव पनि हुन्।
मैनालीले आज नेप्सेमा पदबहाली गरेका छन्। पदबहालीका क्रममा अध्यक्ष मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए। ‘पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा मैले राखेको छु’, उनले भने।
नवनियुक्त अध्यक्ष मैनालीलाई नेप्सेका सीईओ चन्द्रसिंह साउद, सञ्चालक तथा नेप्सेका उच्च अधिकारीहरुले स्वागत गरेका थिए।
मैनाली यसअघि राजश्व अनुसन्धान विभागको महानिर्देशक थिए। राजश्व अनुसन्धान विभाग रहँदा उनको कार्यशैलीको निकै प्रशंसा भएको थियो। उनले थुप्रै प्रभावकारी काम गरेका थिए।
त्यसपछि विभागबाट मैनाली अर्थ मन्त्रालयको वित्ती क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सरुवा भएका थिए।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago