काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले आज आकष्मिक पत्रकार सम्मेलनको आयोजना गरी नेप्सेको सीईओ पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्।
साउदले यो मुद्दाको अध्ययन र अनुसन्धानलाई सहज बनाउन आफूले पदबाट राजीनामा दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।
पराजुलीका अनुसार साउदले नेप्सेका अध्यक्ष एवं अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव दीर्घराज मैनालीसमक्ष राजीनामा पत्र बुझाएका छन्।
त्यसो त साउदको कार्यकाल आउँदो असोज २२ गतेसम्म रहेको थियो।
यही प्रकरणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पनि मुछिएका छन्। साउद र ढुंगानालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन अर्थ समितिले निर्देशन दिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago