– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजार यो साताको पहिलो दिन आइतबार १०५ अंकले बढेको थियो। आज सोमबार बजार केही अंकले घटेको छ।
अल्पकालीन औजारमार्फत हेर्दा विभिन्न औजारले विभिन्न संकेत गरेको देखिन्छ। सेयर भोलुममार्फत हेर्दा हिजो र आज दुवै दिन ५ अर्ब रुपैयाँभन्दा माथि नै छ। यसले बजार मजबुत नै रहेको देखिन्छ। तर, आइतबारको तुलनामा सोमबार बजारमा भोलुम केही घटेको देखिन्छ। यसले बजारमा अझै लगानीकर्ताहरुमा विश्वास नआएको देखिन्छ।
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वाशिलो मानिन्छ भने यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ बजार तल जाने संकेत गर्छन्।
इलिअट वेभअन्तर्गत माइनर डिग्रीबाट बजारको अवस्थालाई केलाउँदा वेभ (i) मा बजार २६३६ सम्म आएको देखिन्छ। वेभ (ii) मा करेक्सन भएर २४९९ सम्म, वेभ (iii) मा बजार ३००३ सम्म र वेभ (iv) मा केही करेक्सन भएर बजार पुनः २७४३ सम्म आउन सक्ने देखिन्छ। त्यसपछि वेभ (v) मा लगभग ३२३९ को विन्दुमा पुगेपछि बजारमा ‘ए’, ‘बी’ र ‘सी’ अन्तर्गत करेक्सन आउन सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
मैनबत्ती विश्लेषणका आधारमा
आइतबार ठूलो अंकको बढोत्तरीसँगै सेयर बजारको नेप्से चार्टमा बुलिस मारुबुजु क्यान्डल बनेको थियो। तर, सोमबारको क्यान्डल स्टिकले बजार केही करेक्सनको बाटोमा रहेको देखिन्छ। आइतबार र सोमबार दुवै दिन नेप्सेको चार्टमा देखिएको क्यान्डललाई मिलाएर हेर्ने हो भने ‘डार्क क्लाउड कभर’ बनेको बुझिन्छ। डार्क क्लाउड कभर भनेको यदि बजार लामो समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन बजारमा हरियो मारुबुजु क्यान्डल बन्छ र दोस्रो दिन पहिलो दिन बन्द भएको सूचक तथा मूल्यभन्दा माथि गएर बजार खुल्छ र दिनभरको कारोबारमा बिक्रीकर्ता हावी भएर मूल्य तथा सूचकलाई ओपनिङ विन्दुभन्दा तल धकेल्छन् भने त्यस्तो अवस्थामा चार्टमा डार्क क्लाउड कभर बनेको बुझिन्छ (हेर्नुहोस् कोठाभित्र कालो एरोले देखाएको)। यसले बजारमा अल्पकालका लागि केही करेक्सन हुन सक्ने बुझिन्छ।

फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८०० सम्म, ०.३८ प्रतिशतको टेवामा २७०० सम्म, ०.५ प्रतिशतको टेवामा २६१३ सम्म र ०.६१ प्रतिशतको टेवामा २५३६ सम्म आउन सक्ने देखिन्छ।

बोलिंगर ब्यान्ड, एमएसीडी, भोलुम र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डअन्तर्गत मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएर झरेको छ। जुन हाल मध्य ब्यान्डभन्दा माथि नै कारोबार भएको छ। यसले बजार मध्य ब्यान्डभन्दा माथि नै कारोबार भएको र बजार मजबुत भएको बुझिन्छ। भोलुम आज केही घटेको देखिन्छ। यसले लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझिन्छ।
एमएसीडीअन्तर्गत गत २५ जनवरीमा बियरिस क्रसओभर बनेको छ। जुन अझै भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै छन्। आरएसआई ५९ को तहमा छ। यो ओभरबट जोन ७३ को विन्दुबाट झरेको हो। जुन घट्दो क्रममा रहेको बुझिन्छ। यसले बजार केही करेक्सनको बाटोमा रहेको बुझिन्छ।

पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २८३४
घटेमा सपोर्ट

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचनालाई स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19