– अर्जुन तिमिल्सिना
काठमाण्डौ । अघिल्लो सातादेखि लगातार घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन आइतबार पनि १०० अंकले घट्यो। आज सोमबार बजार सामान्य अंकले बढे पनि कारोबार घटेको छ।
सेयर बजार बढेपछि घट्नु र घटेपछि बढ्नु सामान्य प्रक्रिया नै हो। तर, धेरै लगानीकर्ता अहिले अन्यौलमा रहेका देखिन्छ।
प्राविधिक रुपमा विभिन्न टुल्समार्फत बजारलाई विश्लेषण गर्नुपर्दा अल्पकालमा बजार केही करेक्सन भए पनि बजार दीर्घकालमा बढ्ने नै देखिन्छ।
आज पनि हामीले बजारलाई विभिन्न औजारमार्फत विश्लेषण गर्ने कोसिस गरेका छौँ।
मैनबत्ती विश्लेषणका आधारमा
‘मैनबत्ती’ सेयर बजार अन्य विभिन्न औजारमध्ये सबैभन्दा पहिले संकेत दिने औजार हो। कहिलेकाहीँ छिटो संकेत दिने औजारको विश्वसनीयता भने कम पनि हुन सक्छ।
मैनबत्ती विश्लेषणअन्तर्गत नेप्सेको चार्टमा आज इन्भर्टेड ह्याम्मर बनेको छ। यस्तो खालको आकृति जहिले पनि बजारमा ट्रेन्ड रिभर्सलको संकेत गरेको हुन्छ। यदि बढ्दो बजारमा हरियो मारुबुजु क्यान्डलपछि यस्तो आकृति बन्छ भने बजार घट्ने र यसविपरीत यदि घट्दो बजारमा रातो मरुबुजु क्यान्डलपछि यस्तो आकृति बन्छ भने बजार बढ्ने सम्भावना हुन्छ। केही समय पहिला पनि यस्तो आकृति बन्दा बजार बढेको थियो (हेर्नेहोस् कालो एरो)। आजको क्यान्डलमा पनि इन्भर्टेड ह्याम्मर बनेको छ।(हेर्नुहोस् हरियो एरो)
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व र्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
बजारको हालको तल्लो विन्दु २२६० देखि इलिअट वेभबाट अहिलेको बजारलाई नियाल्दा माइनर डिग्रीको वेभ १ लगभग २४४७ सम्म बनेको देखिन्छ। त्यसपछि करेक्सन भएर वेभ २४८६ सम्म आएको र वेभ ३ मा बढोत्तरी आएर ३००० सम्म पुगेको देखिन्छ। वेभ ४ मा पुनः करेक्सन भएर २७०० सम्म आएको देखिन्छ। अब वेभ ५ मा फिवोनासीको १.६१ प्रतिशतको बढोत्तरीले ३२०० सम्म बजार पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८१२ सम्म, ०.३८ प्रतिशतको टेवामा २७०० सम्म, ०.५ प्रतिशतको टेवामा २६२१ सम्म र ०.६१ प्रतिशतको टेवामा २५३० सम्म पनि बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत २५ जनवरी २०२२ मा बियरिस क्रसओभर भएको देखिन्छ। जुन हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्रामहरु नकारात्मक र लामा–लामा भएका देखिन्छन्।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डम।ा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले तल्लो विन्दुलाई छोएको र आज इन्भर्टेड ह्याम्मर बनेको छ। यसले आज बजार सम्हालिएको बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ४० को तहमा रहेको छ। जसको अर्थ हुन्छ बजार ओभर सोल्ड जोन नजिक हुँदैछ भन्ने हो। अघिल्लोपल्ट यो विन्दु ७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई १९ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। हामीले आज आओरली बेसका आधारमा बजारको विश्लेषण गरेका छौँ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २५४२
घटेमा सपोर्ट
निष्कर्ष
प्राविधि रुपमा सेयर बजारको यो साताको चार्टलाई अल्पकालीन तथा दीर्घकालीन औजारहरुमार्फत केलाउँदा हालको करेक्सन लगभग सकिन लागेको देखिन्छ। अल्पकालमा बजार केही करेक्सन भए पनि दीर्घकालमा बजार बुलिस नै देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19