– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साताको पहिलो कारोबार आइतबार झन्डै ४० अंकले घटेको सेयर बजार सोमबार पुनः २५ अंक बढीले बढेको छ।
प्राविधिक रुपमा हेर्दा धेरैपटक पिभट प्वइन्टको पहिलो विन्दु २७०० मा पटक–पटक बजारले सपोर्ट लिएको देखिन्छ। यदि पटक–पटक एउटै विन्दुमा बजारले सपोर्ट लिन्छ भने बटम लाग्दै गरेको बुझिन्छ।
आज पनि हामीले बजारलाई केही अल्पकालीन तथा दीर्घकालीन औजारमार्फत विश्लेषण गर्ने कोसिस गरेका छौँ।
मैनबत्ती विश्लेषणका आधारमा
मैनबत्ती विश्लेषणअन्तर्गत आइतबार बजारले तल लामो पुच्छरसहितको रातो लामो क्यान्डल बनाएको थियो। आज भने बजारले यसको ठीकविपरीत हरियो मारुबुजु क्यान्डल बनाएको छ (हेर्नुहोस् कालो एरो)। यसले बढ्दो बजारलाई संकेत गर्छ। विगतमा पनि यस्तो क्यान्डल बन्दा बजार लामो समय बढेको देखिन्छ।(हेर्नुहोस् हरियो एरो)
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
सन् २०१९ नोभेम्बर महिनादेखि हालसम्मको बजाराले बनाएको रोखाचित्रलाई आधार मानेर इलिअट वेभलाई विश्लेषण गर्ने हो भने एउटा सम्भावना बजारले इन्टरमिडिएट डिग्रीअन्तर्गत वेभ (१) २९८१ र वेभ (२) हालको २७०० को विन्दु हुन सक्ने देखिन्छ। यदि यही विन्दु हालका लागि न्यून विन्दु भएको खण्डमा अबको बढोत्तरी वेभ (३) ले लगभग ३५६० सम्म पुग्न सक्छ। वेभ (४) मा पुनः करेक्सन भएर बजार लगभग फेरि ३३०० सम्म बजार आउन सक्छ। त्यसपछि पुनः वेभ (५) मा बढोत्तरीका साथ बजार लगभग ४००० सम्म जान सक्ने एउटा सम्भावना पनि देखिन्छ। (हेर्नहोस् माथि मुख्य तस्बिर)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २८०५ सम्म, ०.३८ प्रतिशतको टेवामा २७०० सम्म, ०.५ प्रतिशतको टेवामा २६१० सम्म र ०.६१ प्रतिशतको टेवामा २५२२ सम्म बजार आउन सक्ने देखिन्छ। (जुन तल तस्बिरमा हेर्न सकिन्छ)
एमएसीडी लाइनका आधारमा
एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत २५ जनवरीमा माथिबाट काटेको हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम भने नेगेटिभ नै रहेको छन् तर विस्तारै–विस्तारै छोटा–छोटा हुँदै गएका छन्। यसले पनि नेप्सेमा बटम लाग्दै गएको संकेत गर्छ।
बोलिंगर ब्यान्डका आधारमा
यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो।
बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले हाल तल्लो ब्यान्डलाई छोएर माथि गएको छ। योसँगै बजारले तल्लो विन्दुमा दोस्रोपटक टेस्ट गर्न लागेको देखिन्छ। यसले यदि पटक–पटक एउटै विन्दुमा टेस्ट गर्छ भने अबको यात्रा माथि नै भएको अनुमान लागाउन सकिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ४३.७७ रहेको छ। जसको अर्थ हुन्छ बजार ओभर सोल्ड जोनको नजिक रहेको छ। अघिल्लोपटक यो विन्दु ७३ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई १९ को तहमा आउँदा अघिल्लोपटक बजारमा बुलिस यात्रा तय भएको थियो। हालको आरएसआईले ‘डब्ल्यू’ आकार बनाएकाले बजार बढ्दो अवस्थामा रहेको बुझिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविश्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : २७३७
घटेमा सपोर्ट
निष्कर्ष
लगातार १८ जनवरीदेखि घटेको बजारलाई विभिन्न टुल्समार्फत नियाल्दा हाल केही साइडवेजमा चलेको बुझिन्छ। पिभट प्वइन्टमार्फत हेर्दा पटक–पटक २७०० को विन्दुमा पहिलो टेवा लिएको छ। एमएसीडीबाट नियाल्दा हिस्टोग्राम विस्तारै छोटा–छोटा हुनु, बोलिंगर ब्यान्डमा पनि तल्लो विन्दुलाई छोएर मध्य ब्यान्डतिर लाग्नु र आरएसआईले ‘डब्ल्यू’ आकार बनाउन थालेकोले हालका लागि बजारले यही अन्तिम बटम लगाएको हुन सक्ने अनुमान लगाउन सकिन्छ। तर, यही नै बटम भनेर अहिले नै कन्फर्मेसन भने मिलेको अवस्था छैन।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago