काठमाण्डौ । लगातार ओरालो लागेको सेयर बजारमा आज लगभग ३६ अंकको बढोत्तरी भएको छ। 

योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ प्याट्रन बनेको छ। बुलिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पूरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाइभन्दा लामो) अर्को मैनबत्ती बनेमा बुलिस इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् तल हरियो एरो)। यसले बजारले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ। 

यसविपरीत यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको राता क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनिन्छ। 

हाल नेप्सेमा बनेको बुलिस इन्गल्फिङको भ्यालिड मात्रा भने ७० प्रतिशत रहेको पाइन्छ। यदि आज बनेको बुलिस इन्गल्फिङपछि बजारमा करेक्सन आउँछ भने त्यसलाई इन्ट्री प्वइन्ट अर्थात बजार प्रवेश गर्ने विन्दु मानिन्छ। (हेर्नुहोस् मुख्य तस्बिर)