काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज तल लामो पुच्छर अर्थात् लङ लोओर स्याडो बनेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।

लामो समयको गिरावटपछि बजारमा यस्तो आकृति देखिन्छ भने यसले बजारमा ट्रेन्ड रिभर्सलको संकेत गर्छ। यस्तो धागो कम्तीमा शरीरको लम्बाइबराबर हुनुपर्छ। यो जति तल लामो धागो बन्यो त्यति नै बजार भरपर्दो हुन्छ। 

आजको दिनभरको कारोबारमा बजार घटेर २३१५ सम्म आएको थियो। तर, बजार बन्द हुँदा बढेर २३५७ मा बन्द भएको छ। यसले कारोबारको पछिल्लो प्रहरमा खरिदकर्ता हावी भएर बजारलाई माथि धकेलेको देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस् हरियो एरो) 

यसविपरीत यदि बजारमा माथि लामो धागो बन्छ भने त्यसलाई ‘लङ अप्पर स्याडो’ भनिन्छ। यसले घट्दो बजारलाई संकेत गर्छ। 

बोलिंगर ब्यान्ड, एमएसीडी र आरएसआई

बजारमा बेलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर आज फर्किन खोजेको देखिन्छ। एमएसीडीअन्तर्गत हिस्टोग्राम नेगेटिभ नै रहेका छन् भने केही फिक्का र छोटा हुँदै गएको देखिन्छ। भोलुम भने बढ्न सकेको छैन। आरएसआई भने २८ को ओभर सोल्ड जोनबाट फर्केर ३० को जोनमा पुगेको छ। यदि अब आगमी दिनमा यो बिन्दु बढ्दै जान्छ भने बढ्दो बजारलाई संकेछ गर्छ।