काठमाण्डौ। नेप्सेको दैनिक चार्टमा आज बियरिस मरुबुजु क्यान्डल बनेको छ। यदि यस्तो बियरिस मारुबुजु क्यान्डल बन्छ भने बजारमा थप करेक्सन हुन सक्ने बुझिन्छ।
दैनिक चार्टमै आज बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा पुनः टेस्ट गरेर ओरालो यात्रा तय गरेको छ (हेर्नुहोस् कालो एरो)। यसले आगामी कारोबारमा बजारले तल्लो ब्यान्डमा सपोर्ट लिन आउन थालेको बुझिन्छ।
बजारले अब तल्लो ब्यान्डमा छोएरमात्रै माथि जाने अधिक सम्भावना रहेको छ। यसले आगामी कारोबारमा पनि बजारले केही अंक अझै गुमाउन सक्ने देखिन्छ।
नेप्सेको आओरली चार्टमा फिवानासीअन्तर्गत हेर्दा बजारले ०.६१ प्रतिशतको २२७५ को सपोर्ट भत्काएर तल झरेको छ। अब बजारले ०.७१ प्रतिशतको अर्को सपोर्ट २२४५ मा लिन सक्ने देखिन्छ।
आओरली चार्टमै हालको आरएसआई घट्दो क्रममा ३७ को तहमा रहेको छ। यसले एकपटक पुनः ओभर सोल्ड जोन अर्थात ३० भन्दा तल आएरमात्रै माथिको यात्रा लिन सक्ने देखिन्छ।
समग्रमा सबै इन्डिकेटरलाई केलाउँदा बजारमा केही समय अझै करेक्सन हुन सक्ने देखिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago