काठमाण्डौ । आइतबार नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई नियुक्ति खारेजी सम्बन्धी पत्र पठाएको अर्थ मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि उपसचिव रमेश अर्याललाई नेप्सेको कमान सम्हाल्न पठाउने निर्णय गरेको छ ।
अर्थमन्त्रालय अन्तरगत नीति विश्लेषण महाशाखामा कार्यरत अर्याललाई नेप्सेको रिक्त सीइओको रुपमा काम गर्ने अख्तियारीसहित पठाउने निर्णय गरिएको सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए ।
पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पूर्ण परीक्षण प्रारम्भ गर्ने समयको पूर्वसन्ध्यामा नेप्से प्रमुखविहीन हुँदा सो लगायत अन्य दैनिक काम समेत प्रभावित हुने र यसै पनि सेयर लगानीकर्ताको मनोबल गिरिरहेको अवस्थामा अनलाइन कारोबार प्रणाली लगायतका काम अलपत्र हुँदा थप नकारात्मक असर पर्ने विश्लेषण गर्दै अर्थले अर्याललाई पठाएको हो ।
सहसचिव खत्रीले नेप्सेको नयाँ सीइओ नियुक्ति नभएसम्मको अवधिमा अर्यालले नै त्यहाँको नेतृत्व हाँक्नेछन् ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले २०७४ साल भदौ १४ गतेपछि निर्वाचन आचारसंहिता विपरीत तत्कालीन देउवा सरकारले गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेक्दै अर्थले आइतबार नेप्से प्रमुखलाई नियुक्ति खारेजीको पत्र पठाएको थियो । नेप्से प्रमुखले मन्त्रालयबाट पठाइएको पत्र भने सोमबार बिहान मात्र बुझेका छन् ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago