काठमाण्डौ । आज नेप्से चार्टको आवरली बेसमा आरएसआई ओभर सोल्ड जोन २५ को विन्दुबाट फर्किएर हुक बनेको छ।
आज कारोबारको अन्तिम आवरमा बजार सम्हालिँदा १ घन्टाको आरएसआई चार्टमा हुक बनेर २५ बाट बढेर २९ को तहमा गएर बजार बन्द भएको छ। (हेर्नुहोस् आरएसआईमा कालो एरो)
यस्तै आकृति यसअघि बन्दा अल्पकालका लागि बजारको बाउन्सब्याक भएको थियो। (हेर्नुहोस् आरएसआईमै हरियो एरो)
आवरली चार्टमै बोलिंगर ब्यान्डमा पनि मूल्यरेखाले तल्लो ब्यान्डमा छोएर हरियो मरुबुजु क्यान्डल बनेको छ। यस हिसाबले हेर्दा आरएसआईमा हुक बनाएर माथि फर्किनु र बोलिंगर ब्यान्डमा पनि तल्लो ब्यान्डलाई छोएर हरियो क्यान्डल बन्नुले आगामी कारोबारमा बजारको अल्पकालीन बाउन्सब्याक हुन सक्ने देखिन्छ।
म्याक्डीमा भने बजार बियरिस क्रसओभर नै छ। तर हिस्टोग्राम फिक्का भएको देखिन्छ।
आज बजार २२०० भन्दा तल कारोबार भए पनि पुनः २२०० कै मनोवैज्ञानिक विन्दुमा फर्किनुले पनि अब बजारमा सानोतिनो बाउन्स आउन सक्ने अनुमान लगाउन सकिन्छ। यस हिसाबले बजार तत्काल नफर्किएको खण्डमा पनि केही समय तल–माथि गरेर बुलिस डइभर्जेन्स हुन सक्ने सम्भावना प्रबल देखिन्छ।
नोट : यो प्राविधिक विश्लेषण औजारमा आधिरित विश्लेषणमात्रै हो। लगानी गर्दा आफ्नै विश्लेषणका आधारमा मात्रै गर्नुहोला। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago