काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ‘थ्री ब्ल्याक क्रोज’ बनेको छ। 

क्यान्डल स्टिक प्याट्रनमा ३ वटा क्यान्डललाई मिलाएर हेर्दा यदि अघिल्लो क्यान्डलभन्दा पछिल्लो क्यान्डल तल बन्द हुन्छन् भने त्यसलाई थ्री ब्ल्याक क्रोज भनिन्छ। बजारमा यस्ता थ्री ब्ल्याक क्रोज ८ प्रकारका बन्न सक्छन्। 

क्यान्डलहरु बन्दा बियरिस मारुबुजु क्यान्डलबाहेक अन्य क्यान्डलमा पनि यस्तो आकृति देखा पर्न सक्छ। यसले बजार थप बियरिसमा जाने संकेत गर्छ। (हेर्नुहोस् कालो एरो) 

यसविपरीत यदि घट्दो बजारको चार्टमा थ्री ह्वाइट सोल्डर बन्छ भने बजार स्ट्रङ बुलिस भएको बुझिन्छ। नेप्सेमा अहिले त्यस्तो अवस्था देखिँदैन। 

दैनिक चार्टमै आरएसआई पनि आज पुनः ओभर सोल्ड जोन ३० भन्दा तल गएको छ। यसले बजार बियरिस बन्दै गएको बुझिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)