काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज लोअर स्याडो बनेको छ। (हेर्नुहोस् हरियो एरो) 

निरन्तर गिरावट आएको बजारमा यदि क्यान्डल स्टिकमा लोअर स्याडो बन्छ भने बजारले बढोत्तरीको सम्भावना हुन्छ। 

यसविपरीत यदि अप्पर स्याडो बन्छ भने बजार अझै घट्ने संकेत गर्छ । (हेर्नुहोस् कालो एरो) 

त्यसैगरी आरएसआईअन्तर्गत आवरली चार्टमा ओभर सोल्ड जोनमा २६ को तहमा रहेको छ । यदि आगामी कारोबारमा यस्तो विन्दुले ३० को तहलाई ब्रेक गर्छ भने इन्ट्री प्वइन्ट हुन सक्छ । (हेर्नुहोस् तस्बिरमा)

आगामी कारोबारमा यदि बजारले २००० को तहभन्दा माथि जान्छ भने इन्ट्री र १९४० भन्दा तल जान्छ भने स्टप लस गर्नुपर्ने हुन्छ।