– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साताको ६ कारोबार दिनमा ४ दिन सेयर बजार घट्यो भने २ दिन बढेको छ।
यो साताभरि बजारमा ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो साता ६ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो। यो साता कारोबारमा सामान्य सुधार आएको छ।
अघिल्लो साता अन्तिम कारोबार दिनमा १९७१.३८ मा बन्द भएको बजार यो साताको अन्तिम कारोबार दिनमा १८०२.०६ मा बन्द भएको छ। यो हिसाबले साताभरि बजारमा १०९.३२ अंकको गिरावट आएको छ।
प्राविधिक पक्ष
सेयर बजारमा कारोबारको अन्तिम दिन शुक्रबार बजार लगभग ७० अंकको उतारचढाव भएको छ। अघिल्लो दिन १८४८ मा बन्द भएको बजार खुलेदेखि नै लगातार गिरावट आएको थियो। आज २ घन्टाको मात्रै खुलेको कारोबारमा पहिलो घन्टामा बजारमा ४० अंकको गिरावट आउँदा १८०८ को विन्दुसम्म पुगेको थियो।
कारोबारको दोस्रो प्रहरमा एकाएक रौनक आएको बजारमा बढोत्तरीका साथ १८७८ सम्मको उच्च विन्दु बनाएको थियो। कारोबारको अन्तिम समयमा बजार १८६२.०२ मा बन्द भयो। बजारमा लगभग १४ अंकको बढोत्तरी आएको छ।
बजारले न्यून विन्दु बनाएको यस्ता छन् दुई प्राविधि आधार
फिवोनासीको १.६१ प्रतिशतको सपोर्ट
सेयर बजारको अघिल्लोपटकको २२६० देखि २९८० सम्मको विन्दुलाई फिवोनासीमार्फत तानेर हेर्दा १.६१ प्रतिशतको विन्दु १८१४ मा बलियो सपोर्ट हुन आउँछ। आज बजार यसैको आसपासमा रहेर १८०८ को विन्दुबाट फर्केको छ।
यदि आगामी कारोबारमा हरियो मारुबुजु क्यान्डल बन्यो भने बजारले माथिको यात्रा तय गर्ने प्रस्ट संकेत हुने देखिन्छ। (हेर्नुहोस् दुवैतर्फको कालो एरो)
क्यान्डल स्टिक प्याट्रनअनुसार आज बजारले लामो समयपछि बुलिस पिनबार (बुलिस ह्याम्मर) बनेको छ। (हेर्नुहोस् तस्बिरमा हरियो एरो)
आज बनेको आकृतिमा टुप्पी (हेड) भन्दा पुच्छर (टेल) लामो देखिन्छ। यसले बजारमा आज खरिदकर्ता हावी भएको बुझिन्छ। यदि आगामी दिनमा १८८० भन्दा माथि नै कारोबार भएमा बजारले अपट्रेन्डको यात्रा तय गर्दै गरेको बुझिन्छ।
यदि १८०८ भन्दा तल कारोबार भएमा बजारले पुनः बियरिस यात्रा बनाउँदै गरेको बुभm्न सकिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19